अध्यक्ष उपाध्यक्षको जोडीलाई गाउँपालिका द्वारा वधाई ज्ञापन

घरपझोंङ गाउँपालिका मुस्ताङले एक कार्यक्रमका विच हालै विवाह बन्धनमा बाधिनु भएका उपाध्यक्ष सर्मिला गुरुङ र माछापुछ्रे गाउँपालिका कास्कीका अध्यक्ष कर्ण बहादुर गुरुङ लाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

उपहार प्रदान गर्नु हुदै गाउँपालिका अध्यक्ष आस बहादुर थकाली । तस्विर राजन कंडेल

गाउँ कार्यपालिकाको कार्यालयमा बिहिवार एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष आस बहादुर थकालीले थकाली परम्परा अनुसार नव बिबाहित जोडीलाई खादा र उपहार दिदै सफल दाम्पत्य जिवनको शुभकामना दिनु भयो ।

नवविवाहित जोडी माछापुछ्रे गापा अध्यक्ष र घरपझोंङ गापा उपाध्यक्ष । तस्विर राजन कंडेल

कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य गाउँ सभाका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष सर्मिला गुरुङ । तस्विर राजन कंडेल

कार्यक्रममा आफ्नो छोटो मन्तब्य राख्दै माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले घरपझोंङ गाउँपालिका संग बैवाहिक सम्बन्ध मात्र नभई बिकास र सामाजिक सेवाका काममा समेत एक अर्का विच आपसी समन्वय र सहकार्य गरि अगाडी बढ्नु पर्ने बताउनु भयो ।

सामुहिक तस्विर खिचाउदै पदाधिकारी कर्मचारी । तस्विर राजन कंडेल

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले बैवाहिक जीवनमा बाधिएर माछापुछ्रे गाउपालिका गए पनि यहाका जनताले बिश्वास गरि दिएको जिम्मेवारी लाई पुरा गर्ने बताउनु भयो ।

नवविवाहित जोडी संग तस्बिर खिचाउदै आर्थिक प्रशासन शाखाका कर्मचारी : तस्विर राजन कंडेल
तस्विर लिदै अध्यक्ष द्वय र उपाध्यक्ष । तस्विर राजन कंडेल
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More