मुस्ताङकी गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली ’ बजारमा (भिडियो)

मुस्ताङ्गको घाँसामा जन्मिएर कर्मथलो काठमाडौं बनाएकी गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ नेपाली बजारमा आएको छ । २ बर्ष अघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ बजारमा आएको हो ।

यो गित आधुनिक गितमा फ्यूजन भरी आइटम भर्सनको गित हो । गितमा कसैले जिस्काएर काली भनेपनि आफु दिलवाली भएका कुरा गितको भावबाट बुझ्न सकिन्छ । गितमा गायिक गौचनले स्वर दिएकी छिन् ।

यो गितको भिडियो ओएसआर डिजिटलले बजारमा ल्याएको हो । दिपुकृष्ण डंगोलको छायाँकन , सह–निर्देशक उत्सव पौडेल रहेका छन् । यसअघि उनको दोस्रो एल्वम ‘एञ्जिला’ एल्वममा समावेस ‘त्यो पहिलो नजर’ बोलको गितको दर्शक स्रोताहरुले निकै रुचाइएको थियो । यसका साथै उनले केहि बर्ष पहिले मात्रै थकाली भाषाको गिति एल्वम बजारमा ल्याएकी थिईन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More