घरपझोङको प्रमुख प्रशासकीय अधिकृतमा गौरी प्रसाद आचार्य

घरपझोङको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा गौरी प्रसाद आचार्य हाजिर हुनु भएको छ ।

मन्तब्य राख्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य तस्बिर:-राजन कडेल

यस अघिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला उपसचिबमा बढुवा भए संगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संचार तथा सुचना प्रबिधि मन्त्रालयमा कार्यरत शाखा अधिकृत आचार्य लाई यस गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

स्वागत गर्दै गापा अध्यक्ष आस बहादुर थकाली तस्बिर:-राजन कडेल

घरपझोङ गाउपालिकाका अध्यक्ष आस बहादुर थकालीले आचार्य लाई स्वागत गर्दै गाउपालिका सदरमुकामको स्थानीय तह रहेकोले अन्य स्थानीय तहले भन्दा उत्कृट कार्य सम्पादन गर्नु पर्ने बताउनु भयो मुस्तांग जिल्ला हिमाल पारीको जिल्ला भएकोले यहा काम गर्ने अनुकुल मौषम भनेको फाल्गुन देखि कार्तिक सम्म रहेकोले अब तिब्रताका साथ काम गर्नु पर्ने बताउनु भयो । सबै कर्मचारी लाई समान ब्यबहार गर्दै कार्यालयको कार्य सम्पादनमा अगाडी बढाउनु पर्ने बताउनु भयो ।

मन्तब्य राख्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य तस्बिर:-राजन कडेल

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफुमा भएको ज्ञान सिप र अनुभवको प्रयोग गर्दै गाउपालिकाको कार्यसम्पादनमा तिब्रता दिने बताउनु भयो । स्वागत कार्यक्रममा गाउपालिका अध्यक्ष , वडा अध्यक्ष , कार्यपालिका सदस्य , गाउ सभाका सदस्य र कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

स्वागत पछी सामुहिक तस्बिर खिचाउदै जनप्रतिनिधि र कर्मचारी तस्बिर : राजन कंडेल
स्वागत पछी सामुहिक तस्बिर खिचाउदै जनप्रतिनिधि र कर्मचारी तस्बिर : अशोक कुमार खड्का
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More