हिमाल पारीको जिल्ला मुस्ताङ्गको घरपझोंङ गाउँपालिका जोमसोमले गाउँपालिका भित्रका ५५ वर्ष माथिका जेष्ठ नागरिक लाई फाल्गुन २३ देखि २८ गते सम्म कोरोना बिरुद्दको कोभिशिल्ड खोप दिन लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक कर्ण बहादुर थकालीले बताउनु भयो ।
गाउँपालिकाले २३ गते जोमसोम पुथाङ एअरपोर्ट का नागरिक लाइ जोमसोम अस्पतालमा । २४ गते छैरो ,चिमांङ र छैरो तिब्बतियन क्याम्पका नागरिक लाइ खोप केन्द्र मार्फा स्वास्थ्य चौकीमा , २५ गते मार्फा गाउँका नागरिक लाइ मार्फा स्वास्थ्य चौकीमा , २६ गते ठिनी धुम्बा गाउँका नागरिक लाइ ठिनी स्वास्थ्य चौकीमा , २७ गते स्याङ गाउँका नागरिक लाइ जोमसोम अस्पतालमा र २८ गते जोमसोमका नागरिक लाइ जोमसोम अस्पतालमा खोप लगाउने गरि ब्यबस्था मिलाइएको संयोजक थकालीले बताउनु भयो ।
भारतमा निर्मित कोभिशिल्ड खोप सुरक्षित रहेकोले सबै जनाले खोप लगाउन डराउनु नपर्ने गाउपालिका उपाध्यक्ष सर्मिला गुरुङले बताउनु भयो। गाउँपालिका आफ्ना नागरिकको स्वास्थ्य प्रति संबेदनशील रहेको बताउदै सबै जेष्ठ नागरिक सक्रिय पुर्बक सहभागिता गराई खोप लगाउनु हुन् गुरुङले अपिल गर्नु भयो अहिले सम्म विश्वका धेरै देशका नागरिकले कोरोना खोप लगाउन नपाएको बताउदै नेपाल सरकार आफ्ना नागरिक प्रति पूर्ण संबेदनशील बनेर निशुल्क रुपमा खोप लगाइरहेको हुदा अबसरको पूर्ण सदुपयोग गर्नु पर्ने बताउनु भयो ।
नेपाल सरकारको निर्णय अनुसार यहि फाल्गुन २३ गते देखि देशभरका ५५ वर्ष माथिका नागरिक लाइ कोरोना खोप लगाउन लागिएको छ । यस अघि सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी सुरक्षाकर्मी लाई खोप दिएको थियो, संगै स्थानीय सरकारका जनप्रतिनिधि ,निजामति कर्मचारी लाइ कोरोना खोप लगाई सकिएको छ ।