बेलौरी नगरपालिकामा जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको स्वागत

सुदूरपश्चिम व्यूरो

जोमसोम, मुस्ताङ

चैत्र २४ गते, मंगलबार

बेलौरी नगरपालिका कञ्चनपुरमा जोशीपुर गाउँपालिका कैलालीका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायलाई स्वागत गरिएको छ । छिमेकी स्थानीय तहका सहकारीलाई हिजो एक अनौपचारिक कार्यक्रमका बीच स्वागत गरिएको हो । उक्त दिन सुदूरपश्चिम प्रदेश अन्तर्गत सार्वजनिक विदा प्रदेश सरकारले दिएको थियो । सोही अवसरको सदुपयोग गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय तहहरूका प्रशासकीय प्रमुखहरूलाई दैनिक प्रशासनिक कामकारवाहीको निकै चटारो हुने गर्दछ । यस्ता भेटघाट तथा अनुभव आदानप्रदानका कार्यक्रमहरूले परस्परमा हार्दिकता अभिवृद्धि हुनुको साथै काममा निखरता आउने गर्दछ ।

बेलौरी नगरपालिकाका प्रशासन शाखा प्रमुख सुशिला लेखकले जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पत्नीलाई स्वागतको टीका लगाउँदै

अर्कोतिर हिजो नै बेलौरी नगरपालिकाका अधिकृत झपीराज ओझाको जन्मदिन समेत मनाईएको छ । जन्मदिन उत्सव समारोहमा समेत कमलराज उपाध्याय परिवारको उपस्थिति थियो । उक्त कार्यक्रममा उपस्थित सबै कर्मचारीहरूले अधिकृत ओझालाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

बेलौरी नगरपालिकाका अधिकृत झपीराज ओझाको जन्मदिवश समारोहको एक झलक

जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय उहाँका धर्मपत्नी समेत सानी छोरी लिएर बेलौरी आउनु भएको थियो । बेलौरी नगरपालिकामा त्यहाँका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल तथा प्रशासन शाखाका प्रमुख सुशिला लेखक समेत अन्य कर्मचारीहरूबाट उपाध्याय परिवारको स्वागत अभिवादन गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबै कर्मचारी साथीहरूलाई जन्मदिन मनाईरहेका अधिकृत ओझाले धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्ता परस्परमा भाइचारा अभिवृद्धि हुने र सेवाप्रवाहका असल अभ्यासहरू साटासाट गर्न पाउने प्रकारका कार्यक्रमहरू बेला बखत आयोजना हुनपर्नेमा दुबै स्थानीय तहका प्रशासकीय प्रमुखहरूले जोड दिनु भएको कार्यक्रममा उपस्थित एक कर्मचारी अशोक पाण्डेयले मुस्ताङखबरलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More