२२ बैशाख, जोमसोम ।
मुस्ताङखबर सम्वाददाता
मुस्ताङ जिल्ला, घरपझोङ गाउँपालिका, वडा नं. १ चिमाङ गाउँ स्वर्ग बराबर रहेको छ । यहाँका प्राकृतिक छटाले सबैलाई लोभाउने गरेका छन् । घरपझोङ गाउँपालिकाकै वडा नं. १ छैरो गाउँबाट करीब ३० मिनेटको दूरी पार गरेपछि चिमाङ गाउँ पुग्न सकिन्छ । यस गाउँमा मुख्यतया स्याउ तथा अन्य कृषि वालीहरूले पर्यटकहरूलाई लोभ्याउने गरेका छन् ।
