२२ बैशाख, जोमसोम ।
सम्भवत मुस्ताङ जिल्लाकै पहिलो समाचारमूलक वेभ पोर्टल मुस्ताङखबर डट कम (mustangkhabar.com) छिट्टैनै सार्वजनिक हुँदैछ । जिल्लाको सदरमुकाममा रहेको घरपझोङ गाउँपालिकाको व्यवस्थापनमा यो पोर्टल हाल तयार भईरहेको छ । यस पोर्टलको सार्वजनिकीकरण पश्चात हिमालपारीको जिल्लाका खबरहरू संसारभर सुलभ रूपमा सार्वनजनिक हुनेछन् । हाल यस पोर्टलको निर्माण कार्य भईरहेको छ । यसको निर्माण कार्य सूचना प्रविधि विज्ञबाट भईरहेको छ । हालमा यस पोर्टलमा सार्वजनिक भएका सम्पूर्ण खबरहरू ट्रायल भर्जनको लागि मात्र रहेको छ ।