छैरो गाउँ समाजबाट घरपझोङ राहत कोषमा पच्चीस हजार
जोमसोम, २१ बैशाख ।
ब्यूरो रिपोर्ट
घरपझोङ गाउँपालिका वडा नं. १, छैरो गाउँबाट कोभिड १९ को न्यूनीकरण, रोकथाम तथा राहत र उद्धारका लागि स्थापित गाउँपालिकाको राहत कोषमा रूपैया पच्चीस हजारको सहयोग प्राप्त भएको छ । छैरो गणतान्त्रिक गाउँ सुधार समितिका अध्यक्ष श्री भिमबहादुर रसाईलीले आज सो रकम बराबरको बैंक भौचर गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूङलाई हस्तान्तरण गरे । उपाध्यक्ष श्री गुरूङले उक्त कार्यको उच्च प्रशंसा गर्दै छैरो गाउँ सुधार समितिलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा घरपझोङ गाउँसभाका सदस्य एवम् छैरो गाउँका समाजसेवी श्री आशबहादुर थकाली समेतको उपस्थिति रहेको थियो ।