थाक पाँच गाउँ उद्धार समितिले दियो एकलाख कोरोना कोषमा

गाउँपालिका संयन्त्र

कोरोना १९ को रोकथाम, उपचार तथा राहतका लागि घरपझोङ गाउँपालिका, मुस्ताङले स्थापना गरेको स्थानीय राहत कोषमा थाक पाँच गाउँ उद्धार समितिले रू एक लाख सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकाली तथा उपाध्यक्ष श्री सर्मिला गुरूङको उपस्थितिमा हालै सो रकम हस्तान्तरण गरिएको हो । उद्धार समितिका उपाध्यक्ष श्री सुनिता थकाली र सचिव श्री कर्ण थकालीले उक्त रकम गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकाली तथा उपाध्यक्ष श्री सर्मिला गुरूङलाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले सो समितिलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More