स्थानीय कोरोना कोषलाई पुथाङ गाउँले दियो एकलाख पचासहजार

२२ बैशाख, २०७७

घरपझोङ गाउँपालिका वडा नं. ३ पुथाङ गाउँ समाजले घरपझोङ कोरोना कोषलाई रू. एकलाख पचास हजार आर्थिक सहयोग गरेकोछ । गाउँका मुखिया शेरबहादुर थकालीले सो रकम हालै गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष समेत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा गाउँमुखिया शेरबहादुर थकालीले आउँदा दिनहरूमा समेत परेको खण्डमा गाउँ समाज अझै सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रतिउत्तरमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले सो समाजलाई धेरै धेरै धन्यवाद दिंदै गाउँपालिका सबै जनताको साथ रहेको र आवश्यकता परेको बखत गाउँपालिकाले स्थानीय जनतालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More