जोमसोममा बन्दै छ “मिनी मुस्ताङ” (भिडियो सहित )

२३ बैशाख, २०७७

जोमसोम, मुस्ताङ

मुस्ताङखबर डट कम

घरपझोङ गाउँपालिकाको केन्द्रमा रहेको जोमसोम बजारमा मिनि मुस्ताङ परियोजनाको निर्माण हुने भएको छ । घरपझोङ गाउँपालिकाको बन्दोबस्तिमा यो कार्य हुन लागेको हो । मिनी मुस्ताङको विस्तृत परियोजना प्रतिवेदन तयार भई अब निर्माणको चरणमा पुगेको छ ।

यो परियोजना अन्तर्गत मुस्ताङ जिल्लाका महत्त्वपूर्ण सबै संरचनाहरू निर्माण हुनेछन् । जिल्लाका पाँच वटै स्थानीय तहहरुबाट कुन कुन संरचना बनाउने भन्ने सम्बन्धमा निर्णय समेत भईसकेको हो ।

यो परियोजनाको निर्माणले समग्र मुस्ताङ जिल्लाको पर्यटनलाई प्रवर्धन गर्नेछ ।

यस कार्यका लागि गण्डकी प्रदेश सरकारले पनि निकै चासो देखाएको छ । परियोजना प्रतिवेदनको अन्तिम प्रस्तुतिमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले परियोजनाको निर्माण कार्यमा प्रदेश सरकारले उल्लेख्य सहयोग गर्ने बताएका थिए ।

यस परियोजनाको हालको अनुमानित लागत करीब पचास करोड रहेको छ ।

विस्तृत परियोजना प्रतिवेदन भने काठमाण्डौं, बानेश्वरको स्ट्रेन्थ इन्जिनियरिङ कम्पनी प्रा.लि. ले तयार पारेको हो ।

डीपीआर भिडियो

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More