गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष अचानक बजार अनुगमनमा

बैशाख, २४

जोमसोम, मुस्ताङ ।

मुस्ताङखबर

जिल्लाको सदरमुकाममा रहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकाली तथा उपाध्यक्ष सर्मिला गुरूङबाट आज यहाँ बजार अनुगमन भएको छ । जिल्ला समन्वय अधिकारी पुष्पराज कट्‍वाल, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल एवम् पशुसेवा शाखाका पशु चिकित्सक आइतबहादुर थकाली समेतको टोलीबाट अचानक बजार अनुगमन गरिएको हो ।

अहिले लकडाउनको समयमा बजारमा रहेका खाद्यवस्तुको गुणस्तर तथा मूल्यमा हुनसक्ने कालोबजारी रोक्नको लागि बजार अनुगमन गरिएको हो । बजार अनुगमनको दौरान अत्यावश्यक खाद्यवस्तु विक्री वितरण गर्ने पसलहरूको मात्र अनुगमन निरीक्षण गरिएको हो । अन्य पसलहरू सबै बन्द नै थिए ।

आजको अनुगमनको दौरान गाउँपालिकाको वडा नं. ३ स्याङ तथा पुथाङ एयरपोर्टका पसलहरू मात्र हेरिएको थियो ।

अनुगमनको दौरान संलग्न पदाधिकारी तथा कर्मचारीहरूले सबै पसलहरूमा अनिवार्य मूल्य सूची राख्न सुझाउनु भएको थियो । साथै प्रयोग गर्न मिल्ने हदम्याद नाघेका खाद्य वस्तुलाई अनिवार्य रूपमा पसलबाट हटाउन समेत सुझाव दिइएको थियो ।

अनुगमनमा सबै पसलहरूलाई यो पटक सामान्य रूपमा अनुरोध तथा सचेत गराईएको र अर्को पटकमा दिइएका सुझावहरूको कार्यान्वयन नभएमा कानून बमोजिम कारवाही अगाडि बढाइने समेत भनिएको थियो ।

जवाफमा सबै पसल मालिकहरूले यो कदम अत्यन्त सहरानीय रहेको र दिइएका सुझावहरूलाई अक्षरशः पालना गर्ने बताएका थिए । आजको बजार अनुगमनमा वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र थकालीको समेत संलग्नता रहेको थियो ।

आउँदा दिनहरूमा समेत गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने बताएको छ । स्थानीय वासीहरूले यो विपद्को समयमा भएको बजार अनुगमनलाई सहरानीय कदम भनेर भनेका छन् ।

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More