घरपझोङ गाउँपालिकाले शनिबार ऊसको गाउँपालिका क्षेत्रभित्र संचालित विभिन्न योजनाको अनुगमन सम्पन्न गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक सर्मिला गुरुङको नेतृत्वमा जनप्रतिनिधि एवम् कर्मचारीको संयुक्त टोलीले वडा नं २, मार्फा र वडा नं ३, स्याङमा सन्चालित विभिन्न योजनाको अनुगमन गरेको हो ।







