जोमसोम पुथाङ शिव मन्दिरमा भव्य पूजा आराधना

मुस्ताङखबर डट कम

५ साउन, २०७७

जोमसोम, मुस्ताङ

मुस्ताङ जिल्ला, घरपझोङ गाउँपालिका स्थित जोमसोम पुथाङ शिव मन्दिरमा साउन महिनाको पहिलो सोमबार आज यहाँ भव्य पूजा आरधना गरिएको छ ।

मुस्ताङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद् श्री प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेश सभाका सांसद् श्री महेन्द्रबहादुर थकालीको समेत उपस्थितिमा मुस्ताङ जिल्लामा कार्यरत सबै कार्यालय प्रमुखहरू, जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारीः निजामती, जंगी, प्रहरी, स्थानीय तहका कर्मचारीहरू समेत ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।

मन्दिरमा फूल प्रसाद ग्रहण गर्नुहुँदै सङ्घीय सांसद् श्री प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभाका सांसद् श्री महेन्द्रबहादुर थकाली

उक्त पूजा आराधना कार्यक्रममा बोल्दै मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री वेदप्रसाद अर्यालले जोमसोमको मुटुमै रहेको उक्त शिव मन्दिर कर्मचारी मिलन केन्द्र, मुस्ताङको सकृयतामा वि.सं. २०४६ सालतिर निर्माण गरिएको र लामो समयदेखि मर्मत संभार नभएकाले अहिले मर्मत संभारको काम शुरू गरिएको वताउनु भयो । प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्र, मुस्ताङका प्रमुख संरक्षक श्री अर्यालले सबै कर्मचारी साथीहरूले यस कार्यमा सहयोग गर्नको लागि अपील समेत गर्नुभयो ।

मन्दिरको पुनर्निर्माणको सम्बन्धमा मन्तव्य राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी श्री वेदप्रसाद अर्याल, साथमा शिक्षाधिकृत महासेनानी श्री इन्द्रबहादुर शाह

कर्मचारी मिलन केन्द्र, मुस्ताङका कार्यवाहक अध्यक्ष श्री युक्तप्रसाद शर्माले उक्त शिव मन्दिरको पूनर्निमाणको लागि सबै सदस्य साथीहरूलाई अपील गर्ने र आवश्यक श्रोत जुटाइने वताउनु भयो । सोहो कार्यक्रममा मुस्ताङ जिल्लामा क्रियाशिल निर्माण व्यवसायी सुदीप खड्काले मन्दिर नवनिर्माणको लागि रू.१ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग दिने घोषणा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्री वेदप्रसाद अर्यालले रू ११ हजार १ सय ११, सैनिक उच्च शिखर शिक्षालय, कैसाङ, मुस्ताङका शिक्षाधिकृत, महासेनानी श्री इन्द्रबहादुर शाहले रू. ११ हजार १ सय ११ एवम् सशस्त्र प्रहरी बल, नं. ३३ गुल्म हेडक्वाटर, मुस्ताङका सशस्त्र प्रहरी नायव उपरीक्षक श्री आनन्द थापाले रू ५ हजार १ सय ११ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

पूजा आराधना पछिको सामूहिक फोटोको एक झलक

उक्त पूजा आरधाना कार्यक्रम कर्मचारी मिलन केन्द्र, मुस्ताङको निमन्त्रणामा आयोजना भएको थियो । कार्यक्रममा टीका प्रसादको व्यवस्थापन श्री बज्रदल गण, मुस्ताङले गरेको थियो भने सो कार्यक्रममा करीब १५० कर्मचारी तथा भक्तजनहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्री राजेन्द्र शेरचनको समेत उपस्थिति रहेको थियो ।

मन्दिर पुनर्निमाणको लागि आजै कर्मचारी मिलन केन्द्रको बैठक बसी सबै कार्यालय प्रमुख तथा अन्य कर्मचारी साथीहरूलाई आह्वान गरिने उक्त केन्द्रका कार्यवाहक अध्यक्ष श्री युक्तप्रसाद शर्माले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More