कर्मचारी मिलन केन्द्र, मुस्ताङको नयाँ कार्यसमिति चयन

९ साउन, जोमसोम, मुस्ताङ

कर्मचारी मिलन केन्द्र, मुस्ताङको आज सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएकोछ । मिलन केन्द्रका कार्यवाहक अध्यक्ष श्री युक्तप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले वन डिभिजन कार्यालय, जोमसोममा कार्यरत जिल्ला वन अधिकृत श्री रुक्माङ्गत सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

प्रमुख जिल्ला अधिकरी एवम् केन्द्रका संरक्षक श्री वेदप्रसाद अर्याल

आज चयन भएको कार्यसमितिमा शिक्षा विकास तथा समन्वय इकाई, मुस्ताङका इकाई प्रमुख श्री टंकराज बराल उपाध्यक्ष, कोष तथा लेखा नियन्त्रक कार्यालय, मुस्ताङका लेखापाल श्री बृजकिशोर चौरसिया सचिव, राष्ट्रिय वाणिज्य बैंक मुस्ताङ शाखाका शाखा प्रवन्धक श्री विमल पौडेल सहसचिव तथा घरपझोङ गाउँ कार्यपालिकाको कार्यालय, जोमसोमका लेखा अधिकृत श्री अशोक कुमार खड्का कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

जिल्ला समन्वय अधिकारी श्री पुष्प कट्‍वाल
कार्यक्रमको एक झलक
साधारण सभामा उपस्थित राष्ट्रसेवक कर्मचारीहरू हर्षीत मुद्रामा

नवनिर्वाचित कार्यसमिति देहाय बमोजिम रहेकोछ ।

अध्यक्षः श्री रुक्माङ्गत सुवेदी

उपाध्यक्षः श्री टंकराज बराल

सचिवः श्री बृजकिशोर चौरसिया

सहसचिवः श्री विमल पौडेल

कोषाध्यक्षः श्री अशोक कुमार खड्का

सदस्यः    श्री दिपक चापागाईँ

   ”     श्री कमल जोशी

   ”     श्री सरला सापकोटा

   ”     श्री सुनिता श्रीमल

   ”     श्री कमला परियार

   ”     श्री उज्ज्वल चापागाईँ

   ”     श्री गंगाबहादुर थापामगर

   ”     श्री मुदसिर अहमद खान

केन्द्रका कार्यवाहक अध्यक्ष श्री युक्तप्रसाद शर्मा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै

उक्त वार्षिक साधारण सभा केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकरी श्री वेदप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा संपन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्री अर्यालले हालसम्म मिलन केन्द्रले धेरै राम्रा कार्यहरू गर्दै आएको र ती कार्यहरूलाई निरन्तरता दिनुपर्ने वताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष श्री रुक्माङ्‍गत सुवेदी निर्वाचन परिणाम घोषणा पश्चात टीका ग्रहण गर्दै
कार्यक्रममा सहभागी केन्द्रका सदस्यहरू

कार्यक्रममा अध्यक्षको प्रतिवेदन केन्द्रका कार्यवाहक अध्यक्ष श्री युक्त प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै श्री शर्माले विगत १४ महीनामा केन्द्रले गरेका केही कामकाजहरूको चर्चा गर्नुभयो । जोमसोम पुथाङमा रहेको शिवमन्दिर पुनर्निमाण कार्य भइरहेको, सोही मन्दिर र नजिकै रहेको आश्रमलाई जोड्ने रेलिङ सहितको फलामे भर्याङ निर्माण गरिएको, वर्ष भरी विभिन्न चाडपर्वहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको तथा जोमसोममा रहेको शालग्राम पार्कमा वृक्षारोपण तथा सरसफाईका कार्यहरू समेत विभिन्न कार्यक्रमहरू मिलन केन्द्रले आयोजना गरेको केन्द्रका कार्यवाहक अध्यक्ष तथा उक्त सभाका अध्यक्ष श्री शर्माको प्रतिवेदनमा उल्लेख छ ।

शुभकामना मन्तव्य राख्दै श्री वृजकिशोर चौरसिया (उहाँ नवनिर्वाचित सचिव पनि हुनुहुन्छ)

केन्द्रका कोषाध्यक्ष श्री कृष्णप्रसाद आचार्यले वार्षिक आय विवरण प्रस्तुत गर्नुभयो । कोषाध्यक्षको प्रतिवेदनमा केन्द्रको वार्षिक आय रू ९ लाख ४ हजार ९ सय ८० र खर्च रू १ लाख २० हजार ७ सय २१ उल्लेख छ ।

नवनिर्वाचित कोषाध्यक्ष श्री अशोक कुमार खड्का

यसका अलावा केन्द्रको सक्रियतामा पुथाङमा रहेको शिव मन्दिरको पुनर्निमाणको लागि हालसम्म छुट्टै २ लाख ८४ हजार ८ सय ६९ रूपैया संकलन भएको कोषाध्यक्ष श्री आचार्यको प्रतिवेदनमा उल्लेख छ ।

पुथाङ स्थित शिवमन्दिरको पुनर्निर्माणको लागि हालसम्म संकलित रकमको विवरण
कार्यक्रममा उपस्थित स्याउ जोन कार्यालयका प्रमुख श्री माधव लम्साल, प्रमुख सेनानी श्री सुभाष के.सी. र सशस्त्र प्रहरी उपरीक्षक श्री आनन्द थापा

उक्त कार्यक्रममा केन्द्रको विधान संशोधन प्रस्ताव कार्यसमितिको तर्फबाट सचिव श्री नेत्रप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । उक्त सभाले केन्द्रको विधानमा समयसापेक्ष केही संशोधन समेत गरेको छ ।

कर्मचारी मिलन केन्द्र सबै राष्ट्रसेवक कर्मचारीहरूको साझा संगठन हो । यो संगठन देशैभरी प्राय सबै जिल्लाहरूमा क्रियाशिल रहेको छ । राष्ट्रसेवक कर्मचारीहरूले नियमित कार्यालयहरूको कामकाजको अलावा उनीहरूको अतिरिक्त समयमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यहरू यसै संगठन मार्फत गर्दै आइरहेका छन् ।

निर्वाचन समितिका आयुक्त पुष्प कट्वाल र सदस्य वालकृष्ण अधिकारी
निर्वाचन परिणाम घोषणा गर्दै आयोगका सदस्य एवम् सहायक प्रमुख जिल्ला अधिकारी श्री जगदीश अर्याल

मिलन केन्द्रको संरचनात्मक बनौट विभिन्न जिल्लाहरूमा फरक फरक रहेतापनि मुस्ताङ जिल्लामा भने निजामती, जंगी, प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरू, संस्थानहरू समेत विभिन्न गैर सरकारी संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई समेटेर यसको संरचना बनाइएकोछ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय वाणिज्य बैंक जोमसोमका शाखा प्रवन्धक श्री विमल पौडेल (नवनिर्वाचित सहसचिव )

यस केन्द्रको आज यहाँ जोमसोममा सम्पन्न साधारण सभामा ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रलाई यहाँसम्म डोर्याउनको लागि सहयोग र सद्भाव प्रकट गर्ने पूर्व कर्मचारीहरू समेत यद्यपी मुस्ताङमा रही योगदान पुर्याउनुहुने सबै कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

केन्द्रको वार्षिक साधारण सभाका निर्णयहरू
केन्द्रको वार्षिक साधारण सभाका निर्णयहरू

कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका सदस्य श्री भरत मैनालीले, शुभकामना मन्तव्य वाणिज्य बैंक मुस्ताङका शाखा प्रवन्धक श्री विमल पौडेल, कोलेनिका, मुस्ताङका लेखापाल श्री बृजकिशोर चौरसिया तथा जिल्ला समन्वय अधिकारी श्री पुष्प कट्वालले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका सचिव श्री नेत्रप्रसाद पौडेलले गर्नुभएको थियो ।

कार्यसमितिलाई सर्वसम्मत बनाउने क्रमको छलफलको एक झलक
कार्यक्रममा उपस्थित केन्द्रका सदस्यद्वय हसमुख मुद्रामा

फोटो सौजन्यः श्री राजन कंडेल र श्री अशोक कुमार खड्का

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More