स्थानीयको घर घरमा पुगेर ६८०० थान मास्क वितरण

घरपझोंङ गाउँपालिका मुस्ताङले स्थानीय जनताको घर घरमा पुगेर मास्क वितरण गरेको छ । देशमा कोभिड – १९ को संक्रमण बढे संगै जनताको स्वास्थ्य लाई मध्यनजर गरेर प्रति व्याक्ति दुइ वटाको दरले मास्क वितरण गरिएको गाउपालिका उपाध्यक्ष शर्मिला गुरुङले बताउनु भयो । पालैपालो धोएर सुकाएर प्रयोग गर्ने गरी प्रतिब्याक्ति दुई वटाको दरले कपडाको मास्क वितरण गरिएको हो । मास्क लगाउदैमा कोरोना बाट बच्न नसकिने हुदा अनावश्यक बाहिर ननिस्कन ,सावुनपानीले नियमित हात धुन र सामाजिक दुरी कम्तिमा पनि दुई मिटर कायम गरि दैनिक क्रियाकलाप संचालन गर्न उपाध्यक्ष गुरुङ आग्रह गर्नु भयो । गाउँपालिकाले ३४०० र थाक पाँच गाउँ उद्दार समितिले ३४०० गरी छ हजार आठ सय थान मास्क बितरण गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक कर्ण बहादुर थकालीले बताउनु भयो । मास्क गाउँपालिकाका सवै वडामा वितरण गरिएको छ ।

माक्स वितरण गर्दै उपाध्यक्ष शर्मिला गुरुङ ।
माक्स वितरण गर्दै प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेल ।
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More