मुस्ताङ जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेललाई घरपझोंङ गाउपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेकोछ । स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ग्रिन जोनमा रहेको मुस्ताङ जिल्ला लाई ग्रिन जोनमै राख्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
लामो समयदेखि अबरुद्द बेनी जोमसोम सडक संचालनमा आए संगै ग्यास, तरकारी ,औषधी लगायतका खाध्य सामग्रीमा आएको समस्या समधान भएता पनि कोरोना नियन्त्रणमा थप चुनौती सृजना भएको बताउनु भयो । प्रजिअ पौडेलले प्रशासन एक्लैले कोरोना महामारी संग लड्न नसक्ने हुदा सबै सरोकारवाला निकाय संगै स्थानीय तहको पनि सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले कोरोना महामरी संग लड्न गाउँपालिकाले सबै सरोकारवाला निकाय संग समन्वय गरी अगाडी बढ्ने बताउनु भयो । त्यसै गरी गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङ्गले जिल्लाको समग्र शान्ति सुरक्षा संगै आमाको नाम बाट नगरिकता पाउनुपर्ने लगायतका बिषयमा चासो व्यक्त गर्नु भएको थियो ।
गाउँपालिकाले प्रजिअ पौडेल संगै सशस्त्र प्रहरी बल जोमसोमका गुल्मपति आनन्द थापा , सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्याल लाई स्वागत गरेको हो ।








