घरपझोङ गाउँपालिका मुस्ताङले गर्यो जिल्ला समन्वय अधिकारी कट्‍वालको हार्दिकतापूर्ण विदाई

मुस्ताङ जिल्लाको बीस महिने कार्यकाल पूरा गरी रमाना हुन लाग्नुभएका जिल्ला समन्वय अधिकारी श्री पुष्प कट्‍वालको जिल्ला सदरमुकाममा अवस्थित घरपझोङ गाउँपालिकाले हार्दिकतापूर्ण विदाई गरेकोछ ।

विदाईको टीका तथा पुष्पगुच्छा प्रदान गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकाली

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्र पौडेलले रमाना हुनै लाग्नुभएका जिल्ला समन्वय अधिकारीको मुक्त कण्ठले प्रशंसा गर्दै स्थानीय तहका दुई निकायहरूको समन्वय र सरसहयोग श्री कट्वालको कार्यकालमा प्रशंसनीय रहेको बताउनुभयो । देशको विद्यमान नयाँ संरचना बमोजिम स्थापित तीन तहका सरकारका बीचमा अपेक्षित रूपमा समन्वय हुन नसकिरहेको अवस्थामा श्री कट्‍वालको स्थानीय तहहरूलाई संस्थागत गर्नमा अतुलनीय योगदान रहेको श्री पौडेलले बताउनुभयो ।

विदाईको अवसरमा खादा प्रदान गर्नुहँदै गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूङ

उक्त विदाई कार्यक्रममा बोल्दै जिल्ला समन्वय अधिकारी श्री पुष्प कट्‍वालले आफ्नो मुस्ताङ बसाई अविस्मरणीय रहेको बताउनुभयो । घरपझोङ गाउँपालिकाको प्रशासनीक कार्यसम्पादन स्तर राम्रो रहेको र यहाँका जनप्रतिनिधिहरू विकासप्रेमी तथा सबै विषयहरूमा अनुभवी रहेको मैलै पाएको छुः श्री कट्‍वालले बताउनुभयो । मुस्ताङ जिल्लामा बीस महीना सेवा गर्न पाएकोमा आफूलाई खुशी अनुभूत भईरहेको र भविष्यमा पनि यस्तै अवसर प्राप्त भएको खण्डमा पुनः सेवाप्रवाहका लागि मुस्ताङ आउनसकिने पनि उहाँले बताउनुभयो ।

जिल्ला समन्वय अधिकारीलाई विदाईको फुल खादा प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत श्री नेत्र पौडेल

गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूङले जिल्ला समन्वय अधिकारीको कार्यकाल सफल रहेको बताउँदै घरपझोङ गाउँपालिकाको कार्यसम्पादनलाई संस्थागत तथा सुदृण बनाउन श्री कट्‍वालको भूमिका उल्लेख्य रहेको बताउनुभयो । भर्खर भर्खर बामे सर्दै गरेका स्थानीय तहहरूलाई विभिन्न प्रशासनिक कामकाज व्यवस्थित गर्न तथा अन्य विकास निर्माणका कामकारवाहीहरूमा जिल्ला समन्वय अधिकारीले निकै प्रभावकारी रूपमा सहयोग गरेको उहाँले बताउनु भयो । उपाध्यक्ष गुरूङले श्री कट्‍वालको आगामी कार्यकाल पनि मुस्ताङको जस्तै सफल हुनेछ र व्यक्तिगत जीवन तथा वृत्ति विकासका विभिन्न चरणहरूमा सफलता मिलोस भनी शुभकामना समेत प्रकट गर्नुभयो ।

विदाई कार्यक्रम पछिको सामुहिक तस्विर

गाउँपालिकाका अध्यक्ष श्री आसबहादुर थकालीले श्री पुष्प कट्‍वाल मुस्ताङ जिल्लामा आफ्नो नाम जस्तै सबैका लागि फुलजस्तै प्यारो रहेको बताउनुभयो । कर्मचारीको वृत्तिकालमा सरूवा बढुवा भई सेवारत निकायहरू परिवर्तन हुनु नियमित र स्वभाविक प्रकृया रहेतापनि अत्यन्त सहयोगी स्वभावका जिल्ला समन्वय अधिकारीलाई विदाई गर्दा आफ्नो मन गरूङ्गो भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै रमाना हुन लाग्नुभएका मुस्ताङ जिल्लाका जिल्ला समन्वय अधिकारी श्री पुष्प कट्‍वाल

विद्यमान कोरोना कहरका कारण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा थोरै संख्यामा मात्र कर्मचारीहरूको उपस्थितिमा आयोजना गरिएको संक्षिप्त विदाई कार्यक्रममा घरपझोङ गाउँपालिकाका पदाधिकारी, कर्मचारीहरू र रमाना हुन लाग्नुभएका जिल्ला समन्वय अधिकारी बीच हार्दिकता साटासाट भएको थियो ।

विदाई मन्तव्य दिनुहुँदै गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरूङ

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय बमोजिम जिल्ला समन्वय अधिकारी श्री कट्‍वालको राष्ट्रिय पुनर्निमाण प्राधिकरण, काठमाण्डौंमा र नयाँ जिल्ला समन्वय अधिकारीको रूपमा यातायात व्यवस्था विभाग काठमाण्डौंबाट उपसचिव श्री तिर्थराज खनालको सरूवा भएको छ ।

फोटोः अशोक खड्का र आशिष भण्डारी

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More