हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले बाल दिवसको अवसरमा गाउँपालिका भित्रका सामुदायिक बिधालयमा अध्यनरत २०७६ सालको SEE परीक्षामा उत्तीर्ण उत्कृष्ट बिद्यार्थी लाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ ।
सम्मानित हुनेमा छात्र तर्फ समान ४.० जिपिए ल्याएका जनहित माध्यमिक बिधालय जोमसोमका छात्रहरु प्रमेश गुरुङ र अभिशेक खड्काथोकी रहेका छन भने छात्रा तर्फ ३.६५ जिपिए ल्याएकी जनहित माध्यामिक बिधालयकै सबिना शर्मा छन ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार सम्मान गरेको गाउपालिकाको महिला तथा वालबालिका शाखा प्रमुख सरिता थकालीले बताउनु भयो । सम्मानित हुने विद्यार्थीले जनही पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा बोल्दै गाउपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले उत्कृष्ट बिद्यार्थी सम्मान गर्ने कार्यक्रमले बिधार्थी लाई प्रोत्साहन हुने बताउदै उत्कृष्ट बिधार्थीलाई बधाई संगै उच्च शिक्षाको सफलताको कामना गर्नु भएको थियो।
कार्यक्रममा बिद्यार्थीलाई नगद र खादा उपाध्यक्ष शर्मिला गुरुङ , प्रमाणपत्र संविधान सभा सदस्य चन्द्र बहादुर गुरुङ र अबिर टीका गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमलाल शर्माले लगाइ सम्मान गर्नु भएको थियो ।


