हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोंङ गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा म्याग्दे गाउँपालिका तनहु बाट सरुवा भै आउनु भएका हरिराम नागिला लाई गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी नागिलाको स्वागत गरेको हो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रसासकीय अधिकृत नागिलाले आफुमा भएको सिप ,क्षमता ,दक्षता र अनुभवको उपयोग गर्दै गाउँपलिकाको विकासमा सक्दो भूमिका निर्बाह गर्ने बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गाउँपालिकाका अध्यक्ष आस बहादुर थकालीले कोभिड १९ , प्राकृतिक प्रकोप लगायतको कारणले बिकास निर्माण आयोजनाले गति लिन नसकेको बताउदै अबका दिनमा बिकास निर्माण आयोजानाले गति लिनेमा बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा गाउपालिका अध्यक्ष , वडा अध्यक्ष , कार्यपालिका सदस्य बिभिन्न शाखाका प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षा अधिकृत हिमलाल शर्माले गर्नु भएको थियो ।






