मुस्ताङ जिल्लाको तेस्रो जिल्ला सभा सम्पन्न

हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोममा जिल्ला समन्वय समितिको आयोजनामा तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । समृद्द मुस्तांङ र सुखी मुस्ताङीको संकल्प सहित सभा सम्पन्न भएको हो । सभाको अध्यक्षता जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिंङ ल्हामो गुरुंङले गर्नु भएको थियो ।

सभाको प्रमुख आतिथ्यता मुस्ताङ जिल्लाका प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचन , बिषेस आतिथ्यता प्रदेस सभा सदस्य द्वय महेन्द्र थकाली र चन्द्र मोहन गौचनको रहेको थियो । पाँच वटै स्थानीय तहहरु थासाङ , घरपझोंङ , वारागुंङ मुक्तिक्षेत्र , लो घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष सहित जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

सभा सम्पन्न पछी सामुहिक तस्बिर खिचाउदै ।

सभामा मन्तव्य राख्दै प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले मुस्ताङ जिल्लाको विकासमा केन्द्र सरकार, प्रदेस सरकार र स्थानीय तह विच समन्वय सहकार्य गरी अगाडी बढ्नु पर्ने बताउनु भयो ।

मुस्ताङ जिल्लाको समग्र विकास र समृद्दीका लागि सोमवार सम्पन्न तेस्रो जिल्ला सभा २०७७ बाट १३ बुदे साझा प्रतिबद्दता पारित गरेको छ। सभा जिल्ला समन्वय समितिको सभा हलमा संचालन भएको थियो ।

लोमान्थांङ गाउँपालिकाका अध्यक्ष सुबर्ण कुमार विस्टले कोरला नाका खुल्छ भन्न थालेको धेरै भएको भन्दै यतार्थमा कोरोला नाका छिटो खुलाउन पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सभामा आफ्नो मन्तब्य राख्दै जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिंङ ल्हामो गुरुङले संबिधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ द्वारा जिल्ला समन्वय समिति लाई प्रद्दत अधिकार तिन तहका सरकारका बिचमा समन्वय ,सहजीकरण ,सन्तुलित विकासका लागि अनुगमन र क्षमता विकासका कार्यहरु गर्नु आफ्नो पहिलो प्राथमिकता रहको बताउनु भयो ।

सभामा बोल्दै घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले नेपालको संविधान द्वारा प्रद्दत अनुसूची ८ मा भएको स्थानीय तहको २२ वटा एकल अधिकार लाई कानुन बनाएर कार्यन्वयन गर्दै जानु पर्ने , संघियता कार्यन्वयनमा तिन वटै सरकार बीच आपसी समन्वय सहकार्य हुनुपर्ने , बताउदै त्यसको लागि जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने हुदा सक्रिय भूमिका निर्वाह हुनुपर्ने कुरामा जोड दिनु भयो ।

सभाले पारित गरेको साझा प्रतिवद्दता २०७७

प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More