घरपझोङ गाउँपालिका द्वारा १०६ जना जेष्ठ नागरिक लाई ब्लाङ्केट बितरण

३० औं अन्तरार्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुले आफ्नो समाज, राष्ट्र निर्माणको क्रममा पुर्याउनु भएको योगदानको कदर र सम्मान गर्दै घरपझोङ गाउँपालिकाले आफ्नो गाउपालिका भित्रका ७३ वर्ष देखि ८० बर्ष सम्मका यस जिल्लामा बसोबास गर्नुहुने १०६ जना जेष्ठ नागरिकहरुलाई पोलार ब्लाङ्केट वितरण गरि सम्मान गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा पनि ८० बर्ष देखि माथिका ५६ जना जेष्ठ नागरिकहरुलाई पोलार ब्लाङ्केट वितरण गरि सम्मान गरेको थियो ।

जेष्ठ नागरिक लाई ब्लाङ्केट ओढायर सम्मान गर्दै अध्यक्ष आस बहादुर थकाली

आ.व. २०७७/७८ देखि गाउँपालिकामा स्थापित स्थानीय सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७७ अनुसार ७० बर्ष माथिका जेष्ठ नागरिक (अन्य) र ६० बर्ष माथिका ज्येष्ठ नागरिक (दलित) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुलाई बार्षिक रु. १०००।– एक हजारका दरले उपचार खर्च वापतको रकम पनि वितरण गरिएको गर्यो ।

सो कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जम्मा २६२ जना ज्येष्ठ नागरिक (अन्य) र ज्येष्ठ नागरिक (दलित) मध्ये यस जिल्लामा बसोबास गर्नुहुने २०७ जनालाई वडा वडामा नगदै वितरण गरिएको गरियो ।

कार्यक्रमा उपस्थित हुन नसक्ने जेष्ठ नागरिक लाई घरमै पुगेर सम्मान गर्दै अध्यक्ष /उपाध्यक्ष

भने गाउपालिकाले जिल्ला बाहिर बस्नु हुनेहरुको हकमा ५५ जनाको सम्बन्धित लाभग्राहीहरुको बैंक खातामा रकम जम्मा गरिएको महिला वालवालिका शाखा प्रमुख सरिता थकालीले बताउनु भयो । कार्यक्रम ५ वटै वडामा सम्बन्धित वडाको वडा अध्यक्षतामा, गाउँपालिकाका अध्यक्ष श्री आस बहादुर थकालीज्यूको प्रमुख आथिथ्यतामा सम्पन्न गरियो ।

जेष्ठ नागरिकलाई वार्षिक रुपमा वितरण गर्ने उपचार खर्च वितरण गर्दै उपाध्यक्ष सर्मिला गुरुङ

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री सर्मिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्री हरिराम नागिला, गापाका स्वास्थ्य संयोजक कर्ण बहादुर थकाली , महिला तथा बालबालिकाका शाखा प्रमुख सरिता थकाली , जेष्ठ नागरिक जिल्ला संघको अध्यक्ष श्री चन्द्र बहादुर थकालीको पनि उपस्थित रहेको थियो । गाउँपालिकाको वडा नं. १ र कार्यक्रममा उपस्थित हुन नसकेका ज्येष्ठ नागरिकहरुलाई निजहरुको घर-घरमै गई सम्मान गरिएको थियो ।

गाउँपालिकामा स्थापित स्थानीय सामाजिक सुरक्षा कोषबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६० बर्ष माथिका एकल महिला, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र अति अशक्त अपाङ्गता भएका व्यक्तिको लागि पनि उपचार खर्च वापत वार्षिक रु १,००० का दरले दिने,  गाउँपालिका भित्रका स्थायी बसाबास गर्ने विपन्न बिरामी नागरिकले जिल्ला भित्रका स्वास्थ्य संस्थामा उपचार गर्दा आर्थिक सहयोग वापत वार्षिक रुपमा एक पटक रु. ३,०००।–(तीन हजार) र विपन्न बिरामी नागरिकले जिल्ला अस्पताल मुस्ताङले थप उपचारको लागि जिल्ला बाहिर रिफर गरेमा आर्थिक सहयोग वापत वार्षिक रुपमा एक पटक रु. १०,०००।(दश हजार) दिने व्यवस्था गरको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम असोज २९,३० र कार्तिक २ गते सम्पन्न गरिएको थियो ।

सम्मानित हुन् कार्यक्रममा उपस्थित जेष्ठ नागरिक
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला
वडा न २ मार्फामा सम्मानित हुन् आउनु भएका जेष्ठ नागरिक
प्रतिक्रिया दिनुहोस ।

तपाईको व्यक्तिगत विवरण गोप्य राखीनेछ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More