कर्मचारी मिलन केन्द्र मुस्ताङले आफ्नो प्रकाशन मुस्ताङ सन्देशको विमोचन गरेको छ । मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालयको सभाहलमा एक कार्यक्रमका विच मुस्ताङ सन्देश विमोचन गरेको हो । कर्मचारी मिलन केन्द्र मुस्ताङका प्रमुख सल्लाहकार माननीय जिल्ला न्यायाधिस रोमाकान्त ज्ञवाली प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल र मिलन केन्द्रका कार्यवाहक अध्यक्ष टंकराज बरालले संयुक्त रुपमा बिमोचन गर्नु भयो ।

बिमोचन कार्यक्रममा मुस्ताङ जिल्ला लाइ कार्यक्षेत्र बनाइ आउनु भएका नव आगान्तुक बिभिन्न कार्यालयका ८ जना कार्यालय प्रमुखको स्वागत संगै मुस्ताङ जिल्लामा आफ्नो सेवा पुरा गरि अन्यत्र सरुवा भै जान लाग्नु भएका जिल्ला निर्बाचन अधिकारी कुल प्रसाद सापकोटा र इलाका प्रसासन कार्यालय लोमान्थाङका प्रमुख दिवाकर पौडेलको बिदाई कार्यक्रम गरियो ।

कार्यक्रमको स्वागत मन्तब्य कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष अशोक कुमार खड्काले राख्नु भएको थियो भने संचालन सह सचिब बिमल पौडेलले गर्नु भएको थियो ।




